सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

रत्न राजमार्गमा अनियन्त्रित भएर जिप अन्दाजी ८० मिटर तल खसेको हो । दुर्घटनामा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस