भन्सारमा लुट प्रकरण : ‘सुविधा पास’ लिएपछि जसरी पनि कारबाही !

सप्तरी, १८ माघ । राजविराज भन्सार कार्यालयबाट जारी हुने ‘सुविधा पास’ लिएपछि जसरी पनि कारबाहीमा पर्नुपर्ने पाइएको छ । यसअघि सो पास लिने सेवाग्राहीसँग भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको पाइएको थियो ।

भन्सार कार्यालयले निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको राजविराज र हनुमाननगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ जारी गर्दै आएका छन् । तर, ती पासमा उल्लेख गरिएअनुसार सेवाग्राहीले जसरी पनि कारबाहीमा पर्नुपर्ने देखिन्छ । ‘यस भन्सार कार्यालय बजार राजविराज, हनुमाननगरसम्म पुगी आजै यस कार्यालयको बाटो फेरी फर्कने सर्त ऐनअनुसार नेपाल प्रवेश गर्न इजाजत दिएको छ’ पासमा थप गरिएको छ, ‘आजका मितिमा फर्किए वा तोकिएको स्थान बाहेक अन्यत्र प्रवेश गरेको फेला परेमा कानून बमोजिमको कारबाही गरिने छ ।’

अर्थात भाषागत रुपमा पास हेर्दाखेरी आजै (सोही दिन) सो कार्यालयको बाटो भएर फर्किने गरी इजाजत दिइएको छ । तर, फेरी अर्को वाक्यमा आजका मितिमा फर्किए कारबाही गरिने पनि भनिएको छ । एकातिर सोही दिन फर्किन आदेश गरिएको छ भने अर्कोतिर सोही मितिमा फर्किए कारबाही गर्ने चेताबनीले सेवाग्राही दुविधामा पर्ने गरेको सर्वत्र गुनासो भइरहेको छ ।

यसअघि ‘सुविधा पास’ पाउन भारतीय सवारी धनिले कुनै पनि शुल्क बुझाउनु पर्दैन । तर, भन्सार कार्यालयका कार्यालय सहयोगी (कास) कैलु यादव र प्रभु बैंकमा कार्यरत सानुकुमार चौधरीले प्रति सवारी (मोटरसाइकल)मा २० रुपैयाँ भारु र चारपाङ्गे सवारीमा ५० रुपैयाँ भारुसम्म असल्ने गरेको पाइएपछि समाचार सार्वजनिक भएको थियो ।

भन्सार कार्यालयका निमित्त प्रमुख अजय प्रकाश भगतले भने, ‘त्यो कसरी भएको रैंछ बुझेर सुधार गछौं ।’
यो पनिः

राजविराज भन्सारमा ‘सुविधा पास’मा लुटः बैंकका कर्मचारीले पनि गर्छन् असुली

Author:



क्याटोगरी छान्‍नुहोस