नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

जनकपुरधाम – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

कैलाली क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो। ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए।

उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।

फैसला भएको एक दशकसम्म पनि आरोपित फरार रहेका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस