मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

जनकपुरधाम – मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट नियुक्त भएका मन्त्री र राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवलाई शपथ खुवाएका हुन् ।

त्यस्तै, मुख्यमन्त्री सरोजकुमार यादवले सोही मन्त्रालयका राज्यमन्त्री रहबर अन्सारीलाई शपथ खुवाएका छन् । यादवले मैथिली भाषामा शपथ लिएकी छन् भने अन्सारीले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस