सप्तरीमा प्रहरीले नेतालाई कुटेपछि …

राजविराज – प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमै जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको छ । मंगलबार छलफलमा बसेका यादवलाई प्रहरी निरीक्षक नवीन थापाले कुटपिट गरेको हो ।

यादवको टाउकोमा चोट लागेको छ भने उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ ।

उनीहरुले प्रहरी निरीक्षक थापालाई कारबाही हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए । हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780