नेतालाई कुटपिट : २४ घण्टाभित्र प्रहरीलाई कारबाही नभए सशक्त आन्दोलन गर्ने

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारप्रसाद यादवलाई कुटपिट गर्ने प्रहरी निरीक्षक नवीन थापासहितकालाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिने निर्णय भएको छ । सो अवधिमा पनि कारबाही नभए सशक्त आन्दोलन गर्ने मंगलबार बसेको सर्वदलिय बैठकबाट निर्णय गरिएको हो ।

मंगलबारै जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमै छलफलमा बसेका जसपा सप्तरीका अध्यक्ष यादवलाई प्रहरी निरीक्षक नवीन थापाले कुटपिट गरेका थिए । कुटपिटमा परेर यादवको टाउकोमा चोट लागेको छ भने उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरिरहेका थिए । प्रदर्शनपछि बसेको सर्वदलिय बैठकबाट थापाका सहितका चार प्रहरीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटम दिने, घाइतेकाको उपचार एवम् आवश्यक क्षतिपूर्ति व्यहोर्न लगाउने, सो अवधिमा पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकबाट सो घटनाको भत्र्सना समेत गरिएको जसपाका युवा नेता श्यामकुमार यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780