कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

जनकपुरधाम – लामो अन्तरालपछि कोरोना संक्रमणबाट चितवन र कैलालीमा गरी दुई जनाको मृत्यु भएको छ । मृतकहरु चितवनका पुरुष हुन् भन
कैलालीकी महिला हुन् ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका भरतपुर महानगरपालिका १० का ६४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । चितवनमा गत साउन यता कोरोनाबाट पहिलो पटक मृत्यु भएको हो ।

त्यस्तै उता, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान एक महिलाको कोरानाबाट मृत्यु भएको छ। भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको उपचारका क्रममा आइतबार बिहान निधन भएको अस्पतालले जनाएको हो । मुुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी वृद्धामा गत चैत २१ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस