रवि लामिछानेका सवारी चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका छन् ।

सोमबार विहान ४ बजेतिर चितवनको भरतपुर-११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस