आन्दोलनको उपलब्धी रक्षा गर्न उपेन्द्र यादव जित्नु पर्छ : लोसपा नेता सोनल (भिडिओ)

बारा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनलले विगतमा भएका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्नका लागि उपनिर्वाचनमा उपेन्द्र यादव जित्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले मधेशलाइभसँग कुरा गर्दै भने, ‘विश्वकै परिवेशमा हेर्दाखेरी देश र जनताको हितका लागि अनुभवी नेताहरुलाई उपनिर्वाचन मार्फत संसदमा ल्याएको दर्जनौं उदाहरणहरु छन् र आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नका लागि उहाँ (उपेन्द्र)लाई जित्नु आवश्यक छ’ उनले भने, ‘हिजोका दिनमा जुन एजेण्डामा हामीले संघर्ष गर्यौं, खास गरेर मधेशी, आदीवासी, जनजाति, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्र तथा जातजातिलाई मुलधारमा ल्याउनको लागि पहिचानमा आधारित एजेण्डाहरु अघि बढाउन उहाँ संसदमा चाहिन्छ ।’

वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपेन्द्रले बारा–२ बाट उम्मेदवारी दिएका छन् । उपनिर्वाचनमा उपेन्द्रलाई सत्ता गठबन्धन आवद्ध दलले पनि सघाइरहेका छन् ।

Author:

क्याटोगरी छान्‍नुहोस