विदेशबाट फकिँदा अब दुई वटा मोबाइल ल्याउन पाइने

जनकपुरधाम – अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको हो ।

यसअघि विदेशबाट नेपाल फर्किने नेपालीले आफूले चलाउने मोबाइलमात्र ल्याउन पाउने व्यवस्था रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस