जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा विधान अधिवेशन लगायत समसामयिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

‘विशेष त विधान अधिवेशनबारे नै हो, अन्य विषयहरु पनि छन्’, उनले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस