समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्न अध्यक्ष यादवको आग्रह

रौतहट – आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले स्वच्छ र निष्पक्ष पत्रकारिताले नै सभ्य समाजको निर्माण हुने भएकाले समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्न आग्रह गरेका छन् ।

रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमति रामा यादवको पूण्यतीथिमा प्रदान गरिने ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ २०८० को बिहिवार आयोजना गरिएको पुरस्कार वितरण समारोहमा उनले यस्तो बताएका हुन् । ‘पत्रकारिता पेशामा लागेकालाई समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने अति आवश्यक हो’ उनले भने, ‘तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष पत्रकारिता गर्न सम्पूर्ण सञ्चारकर्मीहरुमा आग्रह छ ।’

कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय सञ्चारकर्मीहरुले ज्यान गुमाउनु परेको दुःखद् अवस्थालाई स्मरण गर्दै अध्यक्ष यादवले स्व.रामा यादवको योग्दानबारे चर्चा गरे । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सञ्चारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए ।

सो कार्यक्रममा ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ २०८० बाट प्राईम टेलिभिजनकी सम्वाददाता सिर्जना कार्कीलाई सम्मान गरिएको छ । श्रीमतिी रामा यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादव र प्रमुख जिल्ला अधिकारी मिश्रले संयुक्त रुपमा कार्कीलाई पुरस्कारको राशी र प्रमाण पत्रले सम्मान गरेका हुन् ।

स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवम् विसंगती हटाउनमा कलम चलाउँदै आएका महिला पत्रकारहरुमध्ये एक जनालाई २६ हजार ५ रुपैया नगद राशी सहित प्रमाण–पत्रले सम्मान गर्दै आएको रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।

त्यसैगरी, रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई छनौट गरिएकोमा उक्त पुरस्कार आजै सोहि कार्यक्रममा नगद तथा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको उनले जानकारी गराए ।

रामा यादव स्मृति प्रतिष्ठानका संयोजक यादवको अध्यक्षतामा आयोजित समारोहमा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभात कुमार झाले आम संचारकर्मीहरुले भोग्नु परेको पीडालाई पोख्दै कोभिड कालको समयमा भएको क्षतिहरुको हालसम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए ।

रेड खबर डटकमका संपादक आलोक पाण्डेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा, अभिमन्यु पटेल, राकेश यादव लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस