पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ । खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उनको गिरफ्तारी गैरकानूनी भएको तर्क गरेका हुन् ।

खानको गिरफ्तारीपछि पाकिस्तानभर हिंसा भड्किंदा करिब १० जनाको मृत्यु भइसकेको छ । गत वर्षको अप्रिलमा संसदमा अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाइएका खानलाई पाकिस्तानका प्रधान न्यायाधीशको आदेशमा अदालतमा उपस्थित गराइएको थियो ।

खानले आफूलाई उच्च अदालत परिसरबाट अपहरण गरिएको र लाठीले प्रहार गरेको दावी गरेका छन् । खानमाथि भ्रष्टाचार र पदीय दुरुपयोग लगायतका एक दर्जन बढी मुद्दा लगाइएको छ । अभियोग प्रमाणित भएको खण्डमा खान यही वर्षको अन्त्यमा हुने चुनाव लड्न अयोग्य हुने भएको छ ।

खानलाई जीवनभर राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाउने षड्यन्त्र पनि भइरहेको उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले जनाएको छ । पूर्वप्रधानमन्त्री खानसँगै उनको पार्टीका शीर्ष ७ जना नेताहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780