फिल्म ‘केरला स्टोरी’ लाई लिएर झडप, एक जनाको मृत्यु आठ घाइते

भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’ लाई लिएर सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो । दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सार्वजनिक गरेपछि विवाद चर्किएको थियो ।

प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।

स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780