ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

जनकपुरधाम – ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार शाहलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा मंगलबार शाहसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् ।

सहसचिवबाट अवकाश पाएका शाहले शाखा अधिकृत हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लगेको अनुसन्धानमा खुलेको छ ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780