बलात्कृत नाबालिकाको वयान–भाइटिका लगाएको स्मरण गराउँदा पनि छोडेनन्

राजविराज, ३ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धर्मपुर टोलमा गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार भएको पाइएपछि घटनामा संलग्नमा रहेको आरोपमा चार जनालाई पक्राउ गरी मंगलबार म्याद थप गरिएको छ ।

घटनापछि नाबालिकाका आफ्न्तले प्रहरीमा गरेको जाहेरीका आधारमा सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई पक्राउ गरी म्याद गरिएको हो ।

चारै जना विरुद्ध जबरजस्ती करणी सम्वन्धी कसुरमा म्याद लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

यस्तो छ पीडितको बयान :

म कक्षा ९ मा पढ्छु । मेरो साथीहरुसँगै एक जना केटा साथीको पनि चिनजान भएको छ । हाम्रो सामाजिक संजालमा कहिलेकाही कुरा हुन्थ्यो । ति साथीले मलाई बितेको असार २९ गते राति फोन गरेर भेट्न आउँछु भन्यो । मैले राति भेटन नआउनु भने । तर उनले तिम्रो घरका सबै जना छदैँछ । म भेटर गई हाल्छु भन्दै घर भेटन आए । म र मेरो बहिनीसँगै एउटा कोठामा थियो । मेरो साथी आएपछि मेरो बहिनीसँग एक गिलास पानी मागेर खानु भयो । र, एकछिन कुरा गरेर जान थालेपछि मेरो घर अगाडी कुरेर बसेका ४ जनाले मेरो साथीलाई राती भेट्न किन आएको भन्दै कुटपिट गरे ।

चार जना मेरो साथीलाई कुटपिट गर्नुका साथै मलाई र मेरो साथीलाई कोठामा लगेरसँगै बसाएर फोटो खिचे । मेरो साथीलाई त्यही कोठामा थुनेर बाहिरबाट चुकुल लगाई दिए । मेरो बहिनीलाई आमासँगै कोठामा पठाएर त्यो कोठामा पनि चुकुल लगाई दिए । मलाई चार जनाले सम्झाउनु छ भन्दै घरभन्दा अलि पर एक जनाको खाली घरमा लगे । मलाई बाहिरबाट केटा ल्याएर तिमी सुत्ने हामीसँग पनि सुत्नु पर्छ भन्दै कुटपिट गरे । मैले तपाईहरु मेरा दाई मलाई यस्तो काम गर्न नलगाउनु ।

चार जनामध्ये एक जनालाई त म तिहारमा म भाईटिका समेत लगाएको स्मरण गराए तर उनीहरुले लठीले कुटीरहे । मलै बच्नका लागि म महिनाबारी भएको बाहाना बनाए तर उनीहरुले छोडेनन् । तिमी बाहिरको केटा बोलाएर सुत्ने हामीसँग मेरो साथीसँग खिचेको फोटो फेसबुकमा भाईरल गरिदिन्छु भन्दै जर्वजस्ती बलात्कार गरे । मैले कुनै गल्ती गरेको छैन यदि गरेको छु भने मलाई सबै जनालाई राखेर दण्डदिदा म स्वीकार गर्दछु भन्दा पनि मानेन् । मलाई करिब १०ः३० बजे घरबाट लगेको थियो । ३ बजेतिर घर ल्याएर मेरो साथीलाई पुन : कुट्दै भगाए । मेरो आमा र छिमेकीहरुलाई समेत मलाई नै गल्ती ठहराउँदै उनीहरु घर गए ।

घटना भएको भोली पल्ट मेरो बुवा कामबाट घरमा आएपछि घटनामा संलग्नहरुले नै तेरो छोरीले बाहिरको केटा ल्याएर गलत गरेको भन्दै पोल लगाएपछि बुवाले मलाई सोधेपछि मैलै राति सबै कुरा बताए । पछि बुवा हामी मिलेर इलका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यवाहीका लागि निवेदन दियौं । अहिले चार जना पक्राउ परेको छ । दोषी सबै जनालाई कार्यवाही हुनुपर्छ । (नाबालिकाले प्रहरीसमक्ष दिएकी वयान)

Author:



क्याटोगरी छान्‍नुहोस