मिटरब्याजीका अभियुक्त झा पुर्पक्षका लागि जेल चलान

राजविराज – मिटरब्याजी (अनुचित लेनदेन) का अभियुक्त सप्तरीको राजविराज नगरपालिका–७ बस्ने हेम नारायण झा पुर्पक्षका लागि कारागार (जेल) चलान भएका छन् ।

झाविरुद्ध श्रीहरिनारायण रजक, मो.तजमुल मिँया र कौशल्या देविले मिटरब्याजीको जाहेरी दिएका थिए ।

ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धान पश्चात सप्तरी जिल्ला अदालतमा फाइल पेस गरिएको थियो ।

जिल्ला अदालतले बिहिवार झाविरुद्ध २५ लाख रुपैयाँ धरौटी माग गरिएकोमा सो रकम तिर्न नसक्दा उनी पुर्पक्षका लागि कारागार चलान भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस