सिडिओ कार्यालय विरुद्ध पत्रकार महासंघ आक्रोशित, उर्दी फिर्ता नभए आन्दोलन थालिने

राजविराजजिल्ला प्रशासन कार्यालय, सप्तरीले अनुमति विना कार्यालयको फोटो, भिडियो नखिच्न जारी गरेको उर्दी प्रति नेपालपत्रकार महासंघ शाखा सप्तरी आक्रोशित बनेको

बुधबार नै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति विना कार्यालयको फोटो भिडियो नखिच्न उर्दी जारी गरेको थियो सो सूचना लगत्तै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सोसूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्

विज्ञप्तिमा बुधबार (साउन २४ गते) राति बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रिनेचेतावनी दिइएको

जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साल साउन २३ गतेको मिति राखेर साउन २४ गते बुधवार जारी गरेको सूचनामा प्रशासनकार्यालयको फोटोभिडियो खिच्न पत्रपत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षणभएको   विज्ञप्तिमा भनिएको , ‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरितजिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाईशाही कालिन उर्दीको रुपमा लिएका छौं जिल्लामा शान्तिसुरक्षा सुशासन कायम गर्न नसकेको आरोप चौतर्फीरुपमा लागिरहेको बेला प्रशासनको यो उर्दीले त्यो आरोपलाई अझ उदाङ्गो गरिदिएको

प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी मान्य नहुने विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्लाप्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाईनु विभिन्न मुद्दा मिलाउने नाममा आम जनतामाथि धाकधम्कीदेखि धरपक्कडसम्मको गतिविधिले समग्र जिल्लाबासीलाई प्रहरीप्रशासनबाटै असुरक्षित बनाईदिएको सप्तरीमा प्रहरीप्रशासनकोपछिल्लो रवैयाले संविधान प्रद्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि धावा बोल्ने कार्य भएको भने जिल्लामा स्वतन्त्रतापूर्वक कार्यगर्न प्रहरी प्रशासनबाटै पत्रकार असुरक्षित रहेको पत्रकार महासंघको ठहर विज्ञप्तिमा भनिएको , ‘ तसर्थ, जिल्ला प्रशासनकार्यालय सप्तरीबाट संविधान प्रेस स्वतन्त्रता विपरित सार्वजनिक भएको उक्त उर्दीपूर्ण सूचना मिति २०८०//२४ गते बुधवार राती बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं हाम्रो माग पूरा नभए मिति २०८०//२५ गतेबिहीवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने बाध्य हुनेछौं

                                  

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780