सिडिओ कार्यालयको उर्दी-फोटो, भिडियो खिच्नेलाई कार्वाही गर्ने

राजविराजजिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा फोटो, भिडियो नखिच्न उर्दी जारी गरेको

बुधबार कार्यालयले सूचना जारी गरी पत्रकार, सर्वसाधारणले बिना अनुमति फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएको भन्दै फोटो भिडियो नखिच्न उर्दी जारी गरेको हो

सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेकोपाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारीगरिएको उल्लेख

सूचनाको विपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको

Author:

क्याटोगरी छान्‍नुहोस