सप्तकोशी नदीमा वर्षकै उच्च वहाव 

राजविराज, २३ साउन । सप्तकोशी नदीमा मंगलबार दिउँसो पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । निरन्तरको वर्षाले पानीको वहाव अझैं बढ्दो नै रहेको कोशी ब्यारेज प्रशासनले जानकारी दिए ।

दिउँसो १२ बजे गरिएको मापन अनुसार १ लाख ९९ हजार ८२० प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव रहेको छ । पानीको वहाव बढ्दो रहेकोले ब्यारेजमा ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला गरिएको छ ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ । पछिल्लो २२ वर्षयताको तथ्यांक हेर्दा सप्तकोसीमा ४ लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन् ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा ७ लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो भने सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको ब्यारेज प्रशासनको रेडर्क छ ।

कोशी ब्यारेजबन्दा सुरुवातका वर्षमा कोसी नदीले झण्डै ८ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका वर्षहरूमा पानीको लेवल घट्दै गएको पाइन्छ ।

पछिल्लो समय कोशी ब्यारेज भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतराको सम्भावना हुने गरेको बताइएको छ ।

२०६५ भदौ २ गते १ लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यति बेला पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका ४ वटा मानव वस्तीमा पानी पसेर ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780