राजविराज – दुवै मृगौला फेल भएपछि जीवन–मरणको दोसाधमा रहेका छोराको उपचारकालागि ६१ वर्षीया रामवति देवी दास (तत्मा)ले सहयोगको याचना गरेकी छन् ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–३ गौरा टोलकी रामवतिले आफ्नो ४२ वर्षीय छोरा राजकुमार दासको दुवै मृगौला फेल भएपछि डायलासिस गर्न अस्पतालसम्म पुग्ने भाडाको अभावका कारण सहयोगको याचना गरेकी हुन् ।
हेर्नुहोस् भिडिओः
राजकुमारको उपचारकालागि सहयोग रकम सानिमा बैंक, शाखा बोदे बरसाइनमा राजकुमार दासको नाममा रहेको खाता नं. १०६०११०६०००१७३९ मा जम्मा गरिदिन दास परिवारले आग्रह गरेका छन् ।