सात हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

जनकपुरधाम – देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।

यस अवधिमा सात जना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ ।

सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस