img img img

भदौ १ गते कोशी प्रदेशसभाको बैठक बस्ने

विराटनगर – कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गतेका लागि बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका सूचना प्रकाशित गर्दै बैठक भदौ १ गते दिउँसो १ बजेका लागि बोलाएको छ ।

गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगीत भएको थियो ।

यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

Author:

क्याटोगरी छान्‍नुहोस