जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता : मन्त्री साह

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी नवनियुक्त मन्त्री साहले प्राथमिकताका आधारमा सहज सेवा प्रवाह गर्ने बताएकी हुन् ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादीका अमनलाल मोदी थिए । माओवादी केन्द्रले आइतबार मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि जनमत पार्टीबाट साह मन्त्री बनेकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस