कक्षा १२ को परीक्षाफल सार्वजनिक

जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म परीक्षा चलेको थियो ।

यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । ५१ जनाको परीक्षा रद्द भएको थियो । परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ ।

गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस