सप्तरीका सिडिओ भूपेन्द्रको सरुवा

राजविराज – गृह मन्त्रालयले सप्तरीसहित केही जिल्लाका सिडिओहरूको सरुवा गरेको छ । सरुवा सूचीअनुसार जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको नुवाकोट सरुवा गरिएको छ भने नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग कालीकास्थान काठमाडौँ सरुवा गरिएको छ ।

त्यस्तै, कारागार व्यवस्थापन विभागमा कार्यरत चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरिएको गृह श्रोतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस