मधेशलाईभकर्मी सौरभमाथि सांघातिक आक्रमण

राजविराजमधेशलाईभ डटकमका समाचार संयोजक सौरभ यादवमाथि सांघातिक आक्रमण भएको

राजविराज नगरपालिका स्थित राजदेवी चोकमा दुई जनाको समूहले शुक्रबार राति उनीमाथि सांघातिक आक्रमण गरेका हुन्  

टेलिफोन गरेर राजदेवी चोकमा बोलाएका उनीहरूलेहिरो बन्न खोजेको’, डिभोर्ससम्बन्धी रिपोर्टिङ गर्न खोजेकोभन्दै पत्रकार यादवलाईनिर्घात कुटपिट गरेका थिए यादवमाथि कुटपिट गर्नेमध्ये एकजना आलोक यादव भन्ने बब्बी भए पनि अन्य एक युवाको पहिचान हुनसकेको छैन  

कुटपिटलगत्तै प्रहरी घटनास्थलमा आए पनि कुटपिट गर्नेहरू फरार भएका थिए कुटपिटबाट यादवको पत्रकार यादवको छातीमा चोटलागेको छ। उक्त घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको भने थप अनुसन्धान भईरहेको एसपी नरेन्द्रकुमार कार्कीले बताए

एता, नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि भएको कुटपिट घटनाको निन्दा गर्दै संलग्नमाथि कानुनी कारबाहीको मागगरेको छ।सूचनाको माध्यमबाट आमजनतालाई सूचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्नजिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ,’ महासंघका सप्तरी सचिव रामनारायण विश्वासद्वाराजारी विज्ञप्तिमा भनिएको छ। 

महासंघले पत्रकारको सुरक्षाको वातावरण मिलाउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगसहितका सम्बद्ध निकायकोध्यानाकर्षण पनि गराएको छ। 

त्यस्तै प्रेस मञ्च नेपाल सप्तरीले पनि घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ।पत्रकार यादवमाथिभएको आक्रमणको  प्रेस मञ्च नेपाल, सप्तरी घोर निन्दा एवं भर्त्सना गर्दै  घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीकोमाग गर्दछ,’  सचिव विद्यानन्द रामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780