कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।

सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्।

कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो।

मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको इस्राइल मन्सुरीले घोषणा गरे। साथै, आगामी बैठक भदौँ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले संविधानबमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिएका हुन् ।

थापालाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९एकीकृत समाजवादी० का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको थियो।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780