तीर्थयात्री बोकेको बस चुरियामाईमा दुर्घटना हुँदा सात जनाको मृत्यु, १९ जना घाइते

जनकपुरधाम – तीर्थयात्री बोकेको बस बाराको जीतपुरसिमरा चुरियामाईमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति दुर्घटना भएको हो । दुर्घटनामा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र अन्य ६ जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० बर्ष उमेरका रहेका पनि प्रहरीले जानकारी लिएको छ ।

दुर्घटनापछि फरार रहेका बसका चालक र सहचालकलाई प्रहरीले जनकपुरबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780