लहान – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित बुधवार नापी कार्यालय लहानका अमिन दिपरन्जन यादवलाई पक्राउ गरेको छ ।
जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको आयोगको कार्यालय बर्दिवासको टोलीले अमिन यादवलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
अमिन यादवले सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ बरामद भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अमिन यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।