मधेशलाईभकर्मी सौरभमाथि कुटपिट गर्नेले आत्मआलोचना गरेपछि मिलापत्र

राजविराज – सप्तरीको राजविराज नगरपालिका–२ राजदेवी टोलमा मधेशलाईभका समाचार संयोजक सौरभ यादवमाथि भएको कुटपिट घटनामा दुई पक्षबीच मिलापत्र भएको छ ।

कुटपिटमा संलग्न रहेका व्यक्तिहरूले आत्मआलोचना गरेपछि मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा दुई पक्षबिच मिलापत्र भएको महासंघ सचिव रामनारायण विश्वासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘कुटपिटमा संलग्न भएकाहरुको परिवारको आग्रहमा महासंघले पहलकदमी लिंदै कुटपिटमा संलग्न स्थानीय बब्बु भनिने आलोककुमार यादव र लड्डु यादवले त्रुटीपूर्ण उक्त घटना भएको भन्दै आत्मालोचना गर्दै आगामी दिनमा पत्रकार सौरभ यादवसँग एक आपसमा भाइचारा सम्बन्ध राख्दै यस्ता घटना नदोहोरिने भनि प्रतिबद्धताकासाथ पत्रकार महासंघका पदाधिकारी तथा अभिभावकहरुको रोहवरमा मिलापत्र भएको जानकारी गराउँदछु ।’

साथै समाचारको विषयलाई लिएर कसैलाई कुनै किसिमको गुनासो भएको खण्डमा पत्रकारमाथि आक्रमण गर्नुको साटो आवश्यक प्रमाणसहित कानून बमोजिम सम्बन्धित सञ्चारमाध्यममा खण्डनकालागि पत्राचार गर्न र थप प्रक्रियाकालागि नियामक निकाय प्रेस काउन्सिलसमक्ष पुग्न समेत महासंघले आग्रह गरेको छ ।

गत शुक्रवार राति पत्रकार यादवमाथि छिन्नमस्ता गाउँपालिका–४ निवासी आलोक र लड्डुले कुटपिट गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780