कोशी प्रदेश सरकारद्वारा आर्थिक र विनियोजन विधेयक जारी

जनकपुरधाम– कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुरामखापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।

प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर सो अध्यादेश ल्याएकाहुन् ।

परमादेशबाट मुख्यमन्त्रीमा नियुक्ति भएका हिक्मतकुमार कार्कीले  बजेटको शून्यता हटाउन अध्यादेश सिफारिस गरेका थिए। प्रदेशसरकारको शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। 

Author:



क्याटोगरी छान्‍नुहोस