सर्लाही सदरमुकाम मंलगवामा कर्फ्यू

जनकपुरधामसर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामाकर्फ्यू आदेश जारी गरेको हो

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रवार बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यूआदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए उनका अनुसार आज साँझ पाँच बजेदेखिसुरु हुने कर्फ्यू भोलि बिहान बजेसम्म जारी रहनेछ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामादुई समुदाय बीच झडप ढुंगामुढा भएको थियो

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआएपछि कर्फ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए

यद्यपि, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय सर्वपक्षीय भेला बोलाएर जातीय धार्मिक सद्भाव कायम राख्न अपिलगरेको

Author:



क्याटोगरी छान्‍नुहोस