बीस लाख भन्दा बढी रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बाट स्रोत नखुलेको बीस लाख भन्दा बढी रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् । आज (शुक्रवार) चेकजाँच गर्ने क्रममा २० लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट सिमकार्ड सहितको एक थान मोबाईल समेत बरामद गरेको हो ।

उक्त बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस