लौनियाँमा मटकी फोर कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्वीर)

राजवरिाज, २१ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँको टिमद्वारा विहिवार कृष्णा जन्माष्टमीको अवसरमा लौनियाँ र कोइलाडी लगायतका ठाउँहरुमा ‘मटकीफोर’ कार्यक्रम सम्पन्न गरिएको छ ।

सिद्धिदात्री भगवती यूवा टिम लौनियाँद्वारा विगत १० वर्षदेखि मटकी फोर कार्यक्रम पर्वका रुपमा मनाउदै आएका छन् । भगवान कृष्णको जन्म उत्सवको अवसरमा स्थानीय युवाहरूको सक्रियतामा कार्यक्रम आयोजना गरेको टिमका संयोजक हरेराम कुमार मण्डलले बताए । उनका अनुसार भगवान श्रीकृष्णाले मटकीमा राखेको मख्खन चोरी गरिएको सम्झना गर्दै मटकीफोर कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, सोही गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुल कुमारी साह, योजना शाखा प्रमुख दिपक कुमार मण्डल, वडा नम्बर २ को वडा अध्यक्ष कमल कुमार मण्डल, वडा सदस्य रामसेवक मण्डल, सुगेंद्र मण्डल, स्थानिय युवा, बुद्धजीवी, समाजसेवीलगायतको सहभागीता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस