कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

जनकपुरधामकोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ न्यायाधीशहरूसपना प्रधान मल्ल, कुमार चुडाल नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन्

मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलकानेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए

विपक्षीका तर्फबाट बहस जारी निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने

गत भदौ गते सर्वोच्च अदालतले कोशी प्रदशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधान सम्मत नदेखिएकालेदीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको थियो

मुख्यमन्त्री थापाले भदौ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरलेपनि मत दिएका थिए यस विरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ गते सर्वोच्चमा रिट दिएका थिए

उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका थिए मुख्यमन्त्री थापाको यो दोस्रोअसंवैधानिक काम हो त्यसअधि उनीले असार २२ गते सभामुख बाबुराम गौतमसमेतको समर्थनमा सरकारको नेतृत्व गरेका थिए

सर्वोच्चले साउन ११ गते थापाको मुख्यमन्त्री नियुक्ति नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको ठहर गर्दै सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो

त्यसपछि प्रदेश प्रमुख खापुङले बाबुराम गौतमको राजीनामापछि दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनकातर्फबाट कांग्रेसकाथापालाई नै नियुक्त गरेका थिए

Author:



क्याटोगरी छान्‍नुहोस