मधेश प्रदेशका सांसद अनिरुद्धप्रसाद जेल चलान

राजविराज, १९ भदौ मधेश प्रदेश सभाका सदस्य अनिरुद्धप्रसाद सिंह यादव मंगलबार जेल चलान भएका छन्

०६४ सालदेखि मुल्तबी रहेको कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपी यादव सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेलचलान भएका हुन् अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले प्रदेश सभा सदस्य यादवलाई जेल चलानकोआदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए

उनका अनुसार आदेशपछि प्रदेश सांसद यादवलाई मंगलवारै राजविराजस्थित सप्तरी कारागार पठाएको यसअघि सोमबार दिउँसोयादवलाई घरबाटै पक्राउ गरि अदालतमा उपस्थित गराएपनि सुनवाइ भने हुन सकेको थिएन

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनाका उनी  आरोपी हुन्। जेल चलान भएका प्रदेशसभा सदस्य यादव गतनिर्वाचनमा सप्तरी क्षेत्र नम्बर () बाट प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएका छन् 

Author:



क्याटोगरी छान्‍नुहोस