भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं१९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत आज बिहान भएको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको  

नेपाल भारतसँग २३ रनले पराजित भएको हो भारतसँग पराजित भएसँगै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरिएको  

दुई सय रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पूरा खेलेर विकेटको क्षतिमा सय ७९ रन बनायो नेपालले ब्याटिङ बलिङदुवैमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेन  

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ३२ रन बनाए सन्दीप जोराले १२ मा २९ तथा कुशल मल्लले २२ मा २९ रन बनाए कुशलभुर्तेलले ३२ बलमा २८ रन बनाए करन केसी १३ बलमा १८ रन बनाउँदै नटआउट रहे

आशिफ सेखले बलमा १० रन बनाए अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्  भारतका रवि विश्रोई अवेश खानले समानतीन, अर्शदीप सिंहले दुई तथा साइ किशोरले एक विकेट लिए

टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार विकेटको क्षतिमा सय रन बनाएको थियो  भारतका लागि ओपनर यशस्वीजैसवालले शानदार ब्याटिङ गरे उनले मात्र ४८ बलमा शतक प्रहार गरे योसँगै उनी टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतकहिर्काउने भारतीय खेलाडी बनेका छन्  

यस्तै भारतका रिंकु सिंहले १५ बलमा ३७ तथा शिवम् दुवे  १९ बलमा २५ रन बनाएर नटआउट रहे  ऋतुराज गायकवडले २३ बलमा मा२५ रन बनाए  नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने सोमपाल कामीले एकएक विकेट लिए

Author:



क्याटोगरी छान्‍नुहोस