एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं–नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै निर्वाचित भएका छन् ।

राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत पाउँदा उनका प्रतिस्पर्धीविनोद ढकालले ४ सय ३० मत ल्याएका छन् भने ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी तथाउपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवशी विजयी भएका छन् ।

उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस