जितिया पर्व आज समापन गरिँदै

राजविराजहिन्दु विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजसकिँदैछ बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ  

खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ पर्वकोपहिलो दिन सप्तमी तिथिमानहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको थियो।

व्रतालु नारीहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल सिन्दुर भगवान् जितमाहनको पूजापछिकोदोको रोटी, नुनीको साग माछा खाने चलन छ।जसलाई स्थानीय भाषामामाछ मरुवापनि भन्ने गरिन्छ।

जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान् जितमाहनको कथा सुन्ने गरिन्छ। अन्तिम दिन नवमीतिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ्य दिएर व्रतसमाप्त गरिन्छ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिकमहत्वसमेत रहेको जानकारहरूको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780