कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

विराटनगरकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् विश्वासको मतका लागिप्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त दिउँसो बजे बैठक बस्दैछ

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेकाथिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो

त्यसपछि सभामुखको मत सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुईदुई पटक लिएको मुख्यमन्त्रीको नियुक्तीसर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्तभएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन्

संविधानको धारा १६८ () अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमासरकार गठन भएको थियो

यसरी गठन भएको सरकारले संविधानको १६८ () बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोलेआज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछतर एमालेसँग जम्मा ४० मत मात्रै रहेको , थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन्

Author:



क्याटोगरी छान्‍नुहोस