कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगरकोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाईसम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन्

नेपालको संविधानको धारा १६८ को उपधारा बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशीप्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावनानदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्  

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनतालेनिर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गरे। उनले अहिलेको नजिर जटिलताको नजरअन्दाज भएमा मध्यावधिमै जाने निश्चितरहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य एकता हुनु आवश्यक रहेकोबताए

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्रीकार्कीको भनाइ थियो मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए कोशी प्रदेशसभामा नेपालीकांग्रेसका २९, नेकपा (एमाले)का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक राप्रपाका प्रदेशसभा सदस्य छन्

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780