राजविराज– सप्तरी सदरमुकाम राजविराजमा आगामी कार्तिक ११ देखि २६ गतेसम्म ‘सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव’ हुने भएको छ । शुक्रबार सप्तरी युथले पत्रकार सम्मेलन गरी सो महोत्सवबारे जानकारी गराएको हो ।
वडा दशैं तथा शुभ दिपावलीको अवसरमा राजविराजस्थित राजरंगशाला खेल मैदानमा महोत्सव आयोजना गर्न लागिएको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले बताए । उनकाअनुसार स्थानीय उत्पादन, सांस्कृतिक, पर्यटकीय गतिविधि, स्थानिय कृषि र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यकासाथ उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
उक्त महोत्सवमा ३० भन्दाबढी स्टलहरु राखिनुका साथै महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि रोटे पिंग, ब्रेक डान्स, नाचसहित विभिन्न प्रतियोगिताहरु आयोजना गरिने बताइएको छ । साथै महोत्सवमा बिक्री हुने सरसमानमा २५ देखि ५० प्रतिशतसम्म छुट समेत दिइने जनाएको छ ।