इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आज नेपाल आइपुग्दै

जनकपुरधाम– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपालआइपुग्दैछ । 

इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूराभएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै अर्को उडानमार्फत काठमाडौँसम्मशव ल्याउने व्यवस्था मिलाइएको छ।

शव बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । परराष्ट्रमन्त्रालयका अनुसार शव बुझ्न परराष्ट्रमन्त्री एनपीसाउद र नेपालका लागि इजरायली राजदूत विमानस्थलमा पुग्ने छन् ।

आज ल्याइने शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको रहेको इजरायलस्थित नेपालीदूतावासले उल्लेख गरेको छ । अन्य नेपालीको शवको पहिचानको काम भइरहेको जनाइएको छ । यस्तै, सम्पर्कविहीन रहेका विपिनजोशीको खोजी कार्य जारी रहेको बताइएको छ । 

यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएको थियो । 

Author:



क्याटोगरी छान्‍नुहोस