ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

भारदह(सप्तरी), कार्तिकसप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आजसरसफाइ कार्यक्रम गरिएको

दशैंको दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएको फोहोर स्थानीय ओम ट्रेडर्सको अगुवाइमा सरसफाइ गरिएको हो

ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरको नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुको सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएको

बलि निरन्तर

प्रसिद्ध उक्त मन्दिरमा दशैंको महानवमीका दिन सय वटा रांगाको बलि प्रदान गरिएको

रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छोटु) झाको रांगा बलि प्रदानभएको थियो

रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएको थियो

भक्तजनले गरेको भाकल पूरा भएपछि कंकालिनीमा रांगाको बलि दिने चलन रहिआएको सोही क्रममा दशैं भरि यहाँ करिब ४१हजार खसीबोकाको बलि समेत भएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए

गतवर्ष कंकालिनी मन्दिरमा सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसको अघिल्लो  वर्ष सय ४४ वटा रांगाको बलिदिईएको थियो

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780