प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा ६ सय ३ वटा रांगाको बलि प्रदान

राजविराज सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा दशैंको महानवमीका दिन सय वटा रांगाको बलि प्रदान गरिएको

रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छोटु) झाको रांगा बलि प्रदानभएको थियो

रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलकोसक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएको थियो

भक्तजनले गरेको भाकल पूरा भएपछि कंकालिनीमा रांगाको बलि दिने चलन रहिआएको सोही क्रममा दशैं भरि यहाँ करिब ४१हजार खसीबोकाको बलि समेत भएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए

गतवर्ष कंकालिनी मन्दिरमा सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसको अघिल्लो  वर्ष सय ४४ वटा रांगाको बलिदिईएको थियो

Author:



क्याटोगरी छान्‍नुहोस