भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ यात्रुको मृत्यु, ५४ घाइते

जनकपुरधाम – भारतको आन्ध्र प्रदेशमा गए राति रेल दुर्घटना हुँदा १३ जना यात्रुको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् । उक्त दुर्घटनापछि ३३ वटा रेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस