सप्तरीमा जाली नोटले पेडा किनेपछि…

राजविराज, २० कार्तिक । सप्तरीमा जाली नोटको कारोबार भइरहेको पाइएको छ । पेडा किनेर फर्किरहेका दुई जनालाई जिल्लाको कञ्चनरुप नगरपालिका–८ बसपार्कबाट शनिवार नियन्त्रणमा लिएपछि जाली नोटको कारोबारबारे खुल्न आएको हो ।

पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाईन नगरपालिका–३ गौराका २८ वर्षिय रमेश रजक र सोही ठाउँका ३० वर्षिय पिन्टुकुमार साह रहेका छन् ।

पेडा किन्ने क्रममा नियन्त्रणमा लिइएका रजकको साथबाट ११ हजार रुपैयाँ जाली नोट बरामद भएको थियो ।

रजककै वयानअनुसार साहलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर अवधकिशोर ओझाले जानकारी दिए । ‘जाली नोट र ती व्यक्तिहरु विरुद्ध थप अनुसन्धान भइरहेको छ’, उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस