छिन्नमस्ता–१ बाल विवाह मुक्त वडा घोषणा

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही विरपुर बाल विवाह मुक्त वडा घोषणा भएको छ । बुधवार पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको एक सभामा उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

सभामा बोल्दै पूर्व मन्त्री यादवले बढ्दो बाल विवाहले अनेकौं स्वास्थ्य समस्याका साथै सामाजिक र मानसिक समस्या समेत देखा परिरहेको बेला पालिकाले चालेको सराहनीय कदमको प्रशंन्सा गरे । सभामा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बाल विवाह र दाइजोका कारण आक्रान्त रहेको समाजमा यस अभियानले केही हदसम्म राहत हुने विश्वास व्यक्त गरे ।

‘बाल विवाह जीवन तवाह, बाल विवाह नै करु, नै कर दियौं, हमरा सबक चाहना सुन्दर बालमैत्री गाउँपालिकाको स्थापना नारासहित पालिकालाई बाल विवाह मुक्त बनाउन अभियान थालेका छौं’ अध्यक्ष चौधरीले भने, ‘अभियाननुसार वडाका प्रत्येक घरमुलीहरुबाट अबदेखि वाल विवाह नगर्ने र नगराउने तथा छोराछोरीको विवाह गर्नु अगावै आ–आफ्नो वडाबाट लिखित अनुमति लिएर विवाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’

उनले वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्न सघाएका सम्पूर्णमा धन्यवाद समेत दिए । वडाध्यक्ष ललनप्रसाद यादवको अध्यक्षतामा आयोजित सभामा प्रमुख जिल्ला अधिकारी किरण थापा, गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादव, वडाध्यक्षहरु लगायतका उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस