मधेश कृषि विश्वविद्यालयले मनायो दोस्रो स्थापना दिवस

राजविराज–मधेश कृषि विश्वविद्यालयले विभिन्न कार्यक्रम गरी बुधवार आफ्नो स्थापना दिवस मनाएको छ । सप्तरीको राजविराज नगरपालिका–३ मा स्थित कृषि विश्वविद्यालयको प्रांगणमा कार्यक्रमको आयोजना गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतोको अध्यक्षता तथा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका सचिव लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको अवस्थामा आइपुग्दासम्मको समग्र अवस्थाहरुको चित्रण गर्दै विश्वविद्यालयको भावी योजना तथा कार्यक्रमहरुको बिषयमा समेत प्रकाश पार्दै २७ बुंदे प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रमका विशिष्ट आतिथी प्रमुख जिल्ला अधिकारी किरण थापाले विश्वविद्यालय मधेशको मात्र नभएर समग्र देशकै नमुना रहने विश्वास लिदै शुभकामना मन्तव्य व्यक्त गरे । त्यस्तै, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सप्तरी, शसस्त्र प्रहरी बल, सप्तरी, राष्ट्रिय अनुसन्धान आयोगको कार्यालय, सप्तरीका प्रमुख तथा बरथगण, सप्तरीका प्रमुख समेतको उपस्थिति रहेको थियो ।

देशको मेरुदण्डको रुपमा परिचित मधेशको भूगोललाई प्रतिनिधित्व गर्दै मधेश प्रदेश सरकारको दिर्घकालिन गौरवको योजना अनुसार ०७८ मंसिर २७ गते विश्वविद्यालयको स्थापना भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस